‘घूस दिएँ’ भन्ने पूर्वमन्त्रीलाई कारबाही माग गर्दै उजुरी

हिमाल प्रेस ९ साउन २०८१ ११:१३
16
SHARES
‘घूस दिएँ’ भन्ने पूर्वमन्त्रीलाई कारबाही माग गर्दै उजुरी वीरेन्द्र महतो। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा ‘घूस दिएँ’ भन्ने पूर्वमन्त्री एवं सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई पाँच हजार रुपैयाँ घुस दिएको बताएका जनता समाजवादी पार्टी (जसपा)का नेता महतोलाई कारबाही गर्न माग गर्दै उजुरी परेको हो।

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहवर अन्सारीले महतोलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै बुधबार समितिमा निवदेन दिएका हुन्। ‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा रिसवत लिनेर दिनेलाई सजायको व्यवस्था छ। रिसवत् दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुन बमोजिम कारवाही गरियोस्’ अन्सारीले निवेदनमा लेखेका छन्।

पूर्ववनमन्त्री समेत रहेका महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए।

प्रकाशित: ९ साउन २०८१ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast