एआईजीमा बढुवा सिफारिस भएर डीआईजीबाटै अवकाश भएका पोखरेलको रिट दर्ता गर्न आदेश

हिमाल प्रेस ८ साउन २०८१ १३:२४ | Tuesday, July 23, 2024
एआईजीमा बढुवा सिफारिस भएर डीआईजीबाटै अवकाश भएका पोखरेलको रिट दर्ता गर्न आदेश पोषराज पोखरेल

काठमाडौँ– सर्वोच्च अदालतले अवकाश प्राप्त नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेलको रिट दायर गर्न आदेश दिएको छ। आज मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको रिट दायर गर्न आदेश गरेको हो ।

यसअघि सर्वोच्च अदालत प्रशासनले पोखरेलको रिट निवेदन दरपीठ गरिदिएको थियो उनले दरपीठविरूद्ध अर्को निवेदन दिएका थिए। गत असार १० गते गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

तर, सरकारले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेर पनि समयमा बढुवा नगर्दा उनले डीआईजीमा अवकाश पाएका थिए। बढुवा सिफारिसमा परे पनि बढुवा नगरेका कारण अवकाश हुनुपरेको भन्दै पोखरेलले रिट निवेदन दिएका थिए।

सरकार धरापमा पर्दा दुईदिने एआईजी बन्नै नपाई घर फर्किए पोखरेल

डीआईजी पोखरेललाई दुई दिने एआईजी बनाउने प्रस्ताव

प्रकाशित: ८ साउन २०८१ १३:२४ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast