बागमतीमा कांग्रेस-एमालेले आलोपालो सरकार चलाउने, यसरी भयो सहमति

हिमाल प्रेस ८ साउन २०८१ १३:१८
578
SHARES
बागमतीमा कांग्रेस-एमालेले आलोपालो सरकार चलाउने, यसरी भयो सहमति

काठमाडौँ– बागमती प्रदेश सरकार गठनको विषयमा नेपाली कांग्रेस-नेकपा एमालेबीच भागबन्डा भएकको छ। दुई दलले आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो।

सुरुमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र त्यसपछिको चुनावी सरकार नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सञ्चालन गर्ने सहमति भएको हो।

दुई दलबीच भागबन्डा टुंग्याउन पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र कांग्रेसका लामा, एमालेका थपलिया, कांग्रेसका इन्द्रबहादुर बानियाँलगायतका नेताहरू छलफलमा जुटेका थिए।

उनीहरूले गरेको सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक मन्त्रालय , युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, सस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय पाउने भएको छ।

एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय, उर्जा तथा सिंचाइ मन्त्रालय , कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय लिने सहमति बनेको हो।

सहमतिअनुसार सुरुको २० महिना लामा मुख्यमन्त्री बन्नेछन्। उनले मुख्यमन्त्रीमा दाबी पेस पनि गरिसकेका छन्।

प्रकाशित: ८ साउन २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =