काठमाडौँ- नेपालले एक वर्षमा १५ करोड ८ लाख १७ हजार रुपैयाँको अचार निर्यात गरेको छ। नेपाली अचारमा स्वाद भरिएसँगै यसको निर्यातको दायरा बढेको हो। नेपालमा विकसित देशमा समेत अचार पुगेको देखिएको छ। पश्चिममा देश भनिने अमेरिका, बेलायतमा पनि नेपालबाट अचार निर्यात हुने गरेको देखिएको छ।
गएको आर्थिक वर्ष २०८०/८१ मा भन्सार विभागको तथ्यांकअनुसार एक लाख ८२ हजार ९४२ किलोग्राम अचार निर्यात भएको छ। अस्ट्रेलियामा ८६ हजार ९४० किलो, बेल्जियममा ११ हजार ६३१ किलो, क्यानडामा ६ हजार १७१ किलोको निर्यात भएको छ।
चीनमा ३१० किलो, जर्मनीमा २ हजार ७३४ किलो, इटालीमा १९ हजार ५५५ किलो, जापानमा १४ हजार ३५० किलो, कोरियामा ११ हजार ९८२ किलो, बेलायतमा ११ हजार १०८ किलो, अमेरिकमा १७ हजार ८३६ किलो निर्यात भएको देखिएको छ।
प्रकाशित: ८ साउन २०८१ १०:४५
प्रतिक्रिया