एकै वर्ष ११ देश पुग्यो नेपाली अचार [कुन देशमा कति]

हिमाल प्रेस ८ साउन २०८१ १०:४५ | Tuesday, July 23, 2024
एकै वर्ष ११ देश पुग्यो नेपाली अचार [कुन देशमा कति] rbt

काठमाडौँ- नेपालले एक वर्षमा १५ करोड ८ लाख १७ हजार रुपैयाँको अचार निर्यात गरेको छ। नेपाली अचारमा स्वाद भरिएसँगै यसको निर्यातको दायरा बढेको हो। नेपालमा विकसित देशमा समेत अचार पुगेको देखिएको छ। पश्चिममा देश भनिने अमेरिका, बेलायतमा पनि नेपालबाट अचार निर्यात हुने गरेको देखिएको छ।

गएको आर्थिक वर्ष २०८०/८१ मा भन्सार विभागको तथ्यांकअनुसार एक लाख ८२ हजार ९४२ किलोग्राम अचार निर्यात भएको छ। अस्ट्रेलियामा ८६ हजार ९४० किलो, बेल्जियममा ११ हजार ६३१ किलो, क्यानडामा ६ हजार १७१ किलोको निर्यात भएको छ।

चीनमा ३१० किलो, जर्मनीमा २ हजार ७३४ किलो, इटालीमा १९ हजार ५५५ किलो, जापानमा १४ हजार ३५० किलो, कोरियामा ११ हजार ९८२ किलो, बेलायतमा ११ हजार १०८ किलो, अमेरिकमा १७ हजार ८३६ किलो निर्यात भएको देखिएको छ।

प्रकाशित: ८ साउन २०८१ १०:४५ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast