दिवा खाजाको खिचडी खाँदा विद्यार्थी बिरामी

हिमाल प्रेस ७ साउन २०८१ १३:०५ | Monday, July 22, 2024
दिवा खाजाको खिचडी खाँदा विद्यार्थी बिरामी

जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको एक विद्यालयमा दिवा खाजाको खिचडी (जाउलो ) खाएर एक दर्जन बढी विद्यार्थी बिरामी परेका छन्।

मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ लक्ष्मीपुरस्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यार्थीहरू दिवा खाजाका लागि बनाइएको खिचडी खाएर बिरामी परेका हुन्। खिचडी खाएर बिरामी परेका विद्यार्थीहरूको उपचार जनकपुरधामस्थित रामा अस्पतालमा भइरहेको छ।

बिरामी परेका विद्यार्थीहरूको उपचारमा संलग्न चिकित्सक बृजकुमार यादवका अनुसार उनीहरूमा वान्ता आउने, पेट दुख्ने, टाउको दुख्नेलगायतको समस्या देखिएको छ।

उनले केही विद्यार्थीलाई निगरानीमा राखेर घर फर्काइएको बताए। केही विद्यार्थीहरूलाई भने अस्पतालमै राखेर उपचार गरिएको छ। बाँकी विद्यार्थीहरूको उपचार चलिरहेको जानकारी दिए।

खाजाका लागि बनाइएको खिचडीको फोरेन्सिक जाँचपछि मात्रै के कारणले विद्यार्थीहरू खाजा खाएर बिरामी परेको विषयमा विस्तृत जानकारी आउने उनले बताए।

यता सोही विद्यालयमा कक्षा-७मा अध्ययनरत शिवा यादवले खाजाका लागि बनाइएको खिचडीमा किरा देखेपछि आफूले खाजा छोडेको बताए। अभिभावक राजु राउतले खाजा खाएको एक घण्टापछि वान्ता भएपछि आफूले छोरोलाई उपचारका लागि ल्याएको बताए।

प्रकाशित: ७ साउन २०८१ १३:०५ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast