प्रधानमन्त्री ओलीले पाए दुईतिहाइ सांसदको विश्वास

हिमाल प्रेस ६ साउन २०८१ १८:४२ | Sunday, July 21, 2024
प्रधानमन्त्री ओलीले पाए दुईतिहाइ सांसदको विश्वास प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- चौँथोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन्। उनले दुई तिहाइ मत प्राप्त गरेका हुन्।

प्रधानमन्त्री नियुक्त भएको एक हप्तामा आज आइतबार उनले प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव गरेका थिए।

आजको बैठकमा २६३ जना सांसद उपस्थित थिए। विश्वासको मतको पक्षमा १८८ मत पर्‍यो भने विपक्षमा ७४ मत मात्रै पर्‍यो। एक जना सांसदले कुनै पनि पक्षमा मत दिएनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले विश्वासको मत दिए।

प्रधानमन्त्री ओलीको विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल,  आम जनता पार्टीले मत दिए।

प्रकाशित: ६ साउन २०८१ १८:४२ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast