यी हुन् भ्रमणका लागि जोखिमयुक्त विश्वका १० सहर

हिमाल प्रेस ६ साउन २०८१ १३:४७ | Sunday, July 21, 2024
यी हुन् भ्रमणका लागि जोखिमयुक्त विश्वका १० सहर पर्यटकका लागि सर्वाधिक जोखिममा रहेको सहर भेनेजुयलाको कराकस। तस्बिर साभार : इन्डिपेन्डेन्ट

काठमाडौँ- एउटा नयाँ अध्ययनले सन् २०२४ मा भ्रमणका लागि विश्वका ठूला सहर जोखिमपूर्ण रहेको देखाएको छ। फोर्ब्सले भेनेजुएला, पाकिस्तान र म्यानम्यारका सहरहरूलाई जोखिमको माथिल्लो सूचीमा राखेको छ। ती देशमा भ्रमण गर्न अत्यन्त खतरा रहेको अध्ययनमा उल्लेख छ।

आपराधिक घटना, व्यक्तिगत सुरक्षा, स्वास्थ्य, पूर्वाधार, प्राकृतिक प्रकोप र डिजिटल सुरक्षाजस्ता सातवटा आधारमा गरिएको अध्ययनमा ती सहरहरू जोखिममा रहेका हुन्। अध्ययन अनुसार भ्रमणका लागि भेनेजुयलाको राजधानी कराकस सबैभन्दा जोखिमपूर्ण रहेको छ। द फरेन, कमनवेल्थ र डेभलपमेन्ट अफिस (एफसीडीओ) ले भेनेजुयला भ्रमण नगर्न सल्लाह दिएको छ।

‘त्यहाँ बेलायती चाहना र बेलायती नगारिकलाई आतंकवादी आक्रमणको उच्च जोखिम छ’, एफसीडीओले भनेको छ।

यात्राका लागि जोखिमयुक्त सूचीमा रहेको अर्को सहर हो पाकिस्तानको कराँची। अध्ययनअनुसार आतंकवादको जोखिमका कारण पर्यटकका लागि जोखिम रहेको हो। तेस्रो जोखिममा रहेको सहर यांगुनमा चोरी, प्राकृतिक प्रकोप र गुणस्तरहीन स्वास्थ्य सेवा रहेको छ।

सिंगापुर पर्यटकहरूका लागि सबैभन्दा सुरक्षित सहर रहेको छ भने दोस्रो सबैभन्दा सुरक्षित सहरमा जापानको टोकियो छ। यसैगरी क्यानडाको टोरन्टो तेस्रो सुरक्षित सहर हो।

जोखिमयुक्त १० सहर

१. कराकस : भेनेजुयला
२. कराँची : पाकिस्तान
३. यांगुन : म्यानमार
४. लागोस : नाइजेरिया
५. मनिला : फिलिपिन्स
६. ढाका : बंगलादेश
७. बोगोटा : कोलम्बिया
८. कायरो : इजिप्ट
९. मेक्सिको सिटी : मेक्सिको
१०. क्विटो : इक्वेडर

प्रकाशित: ६ साउन २०८१ १३:४७ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast