भारतमा धोती लगाएका किसानलाई प्रवेश निषेध गर्ने सपिङ मल बन्द

हिमाल प्रेस ४ साउन २०८१ ११:०० | Friday, July 19, 2024
भारतमा धोती लगाएका किसानलाई प्रवेश निषेध गर्ने सपिङ मल बन्द जीटी वर्ल्ड मलअगाडि भेला भएका किसान। तस्बिर साभार : इटीभीभारत

काठमाडौँ– धोती र सेतो सर्ट लगाएर किसानलाई प्रवेश गर्न नदिने एक मललाई भारतको कर्नाटक सरकारले बिहीबार बन्द गर्न आदेश दिएको छ। त्यहाँको सरकारले बेंगलुरुको जीटी वर्ल्ड मल सात दिनका लागि बन्द गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हावेरी जिल्लाका एक किसान श्रीमती र छोरासँग मल्टिप्लेक्समा फिल्म हेर्नका लागि मलमा गएका थिए। मालमा खटिएका सुरक्षा गार्डले उनीहरूलाई प्रवेशमा रोक लगाएको थियो। राज्य सरकाले करसँग सम्बन्धित कानुनका आधारमा उक्त मल एक साताका लागि बन्द गर्न आदेश दिएको समाचारमा जनाइएको छ।

मंगलबार सँझ हावेरीका नागराज नाम गरेका व्यक्तिल आफ्ना पिता पिता फकिरप्पासँग साथ जीटी मलमा फिल्म हेर्न गएका थिए। धोती लगाएका कारण सुरक्षा गार्डले नागराजका पितालाई मलमा प्रवेश गर्न दिएका थिएनन्। आधा घण्टासम्म अनुनय गर्दा पनि प्रवेश नदिएपछि उनीहरू त्यत्तिकै फर्किएका थिए।

नागराजले यस घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। त्यसपछि मलका कर्मचारीप्रति स्थानीय आक्रोशित भएका थिए। केही किसान संगठन त विरोधमा पनि उत्रिएका थिए। प्रदर्शनकारीले मलअगाडि भेला भएर नारा लगाएका थिए। घटनाको विरोध भएपछि राज्य सरकारले मल बन्द गर्न आदेश दिएको जनाइएको छ।

कर्नाटकका सहरी विकासमन्त्री विराथी सुरेशले विधानसभा भने, ‘मैले यसबारेमा ब्रुहत बेंगलुरु महानगरपालिका आयुक्तसँग के गर्न सकिन्छ भनेर सोधपुछ गरेँ। सरकारसँग अधिकार छ। जीटी वर्ल्ड मल सात दिनका लागि बन्द गरिनेछ।’

समाज कल्याणमन्त्री एचसी महादेवप्पाले घटनाको निन्दा गरेका छन्। उनले भनेका छन्, ‘हरेक व्यक्तिको आत्मसम्मान र मर्यादा महत्त्वपूर्ण छ। यहाँ यो उल्लंघन भएको छ। दोषीलाई सरकारले कारबाही गर्नेछ।’

प्रकाशित: ४ साउन २०८१ ११:०० | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast