ताप्लेजुङमा पहिराे : पशुचौपाया,सवारीसाधन पुरिए, घर, प्रहरी चौकी जाेखिममा

हिमाल प्रेस ४ साउन २०८१ ८:४५ | Friday, July 19, 2024
ताप्लेजुङमा पहिराे : पशुचौपाया,सवारीसाधन पुरिए, घर, प्रहरी चौकी जाेखिममा

ताप्लेजुङ- फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिरोले क्षति भएको छ। गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो। अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए।

गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ। पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए। अध्यक्ष लिम्बूले भने,‘सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो। पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो।’

बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिराेमा परेका तथा क्षतिको विवरण संकलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकी प्रमुख सुरेश सिंजालीले बताए। उनले भने,‘हाम्रो चौकी उच्च जोखिममा छ। पहिरो खस्न थाल्यो,‍नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढी र पहिराे जोखिममा तापेथोक छ।’

प्रकाशित: ४ साउन २०८१ ८:४५ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast