तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

हिमाल प्रेस ४ साउन २०८१ ५:५८ | Friday, July 19, 2024
तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु चितुवा। प्रतिनिधिमूलक तस्बिर।

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका-५ फलामडाँडामा चितुवाको आक्रमणबाट बिहीबार साँझ एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। अध्यक्ष थापाले भने,‘साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ,थाहा पाउनेबित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए।’ मृतक बालकको शव अस्पतालमा राखिएको छ।

सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरेका छन्।

प्रकाशित: ४ साउन २०८१ ५:५८ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast