मोहन वैद्यसँग एकता प्रक्रिया पूरा नभई छुट्टिए धर्मेन्द्र

हिमाल प्रेस २ साउन २०८१ ७:३४
38
SHARES
मोहन वैद्यसँग एकता प्रक्रिया पूरा नभई छुट्टिए धर्मेन्द्र

काठमाडौँ- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वबाट छुटेर मोहन वैद्य ‘किरण’सँग मिलेको धमेन्द्र बाँस्तोला ‘कञ्चन’ समूह एकता प्रक्रिया नै पूरा नभइ त्यहाँ पनि बाहिरिएको छ। ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा १६ महिना अघि एकता गरेका ‘कञ्चन’ सोमबार औपचारिकरूपमै बाहिरिए।

‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन्। उनले विज्ञप्ति मार्फत पार्टी विभाजन भएको संकेत गरेका हुन् । उनले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौँ प्रयत्न गरेपनि एकता सफल हुन नसकेको बताए ।

विज्ञप्तिमा भनिएको छ, ’एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ। दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ।’

कञ्चनले एकताको आरम्भमा पैदा भएको उत्साह र ऊर्जा जोगाउन नसक्नुमा आफ्नो तर्फबाट पनि कमीहरू भएको भन्दै त्यसप्रति आत्मालोचना गरेका छन्। गत बैशाखमा धर्मेन्द्रले किरणसँग एकता गर्दै पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ राखेका थिए। यसअघि उनी विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएका थिए। विप्लवले प्रतिनिधिसभाको निर्वाचन लड्ने बताएपछि उनी त्यहाँबाट बाहिरिएका थिए।

पार्टीभित्र अमर्यादित गतिविधि गरेको भन्दै धर्मेन्द्र र हेमन्त वलीलाई विप्लवले कारबाही गरेका थिए। विभाजनपछि धर्मेन्द्रले नेकपा (बहुमत) गठन गरे। धर्मेन्द्रको संयोजकत्वमा नेकपा (बहुमत) पार्टीको गठन गरेको थियो। त्यसबेला विप्लवले तय गरेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गर्ने निर्णय गर्दै धर्मेन्द्रहरूले कार्यदिशा ‘बैज्ञानिक समाजवादी क्रान्ति’ को कार्यदिशा तय गरेको थिए।

केही वर्ष भूमिगत राजनीति गरेको नेकपा सरकारसँग तीन बुँदे सहमति गरेपछि सार्वजनिक राजनीतिक गतिविधि गर्दै आएको थियो। त्यसअघि कपिलवस्तुको शिवनगरमा भएको केन्द्रीय कमिटी बैठकमा स्थानीय चुनावलाई उपयोग गर्ने विषयमा विप्लव र बाँस्तोला समूहबीच विवाद भएको थियो।

चुनावमा सहभागी हुने विप्लवको लाइन असफल भएसँगै पार्टी विभाजनको विजारोपण भएको थियो। यही विवादका बीच विप्लवले बाँस्तोला र वलीलाई पार्टीबाट निकालेका थिए। त्यसपछि सो समूहले चितवनमा राष्ट्रिय भेला गरी नयाँ पार्टी गठन गरेको हो। पार्टी गठन गर्नुअघि सो समूहले विप्लवलाई पार्टीबाट निष्कासन गरेको थियो। यसअघि धर्मेन्द्र विप्लवसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’को माओवादीबाट छुटेका थिए।

वैद्य र बास्तोलाको एकीकृत पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’

प्रकाशित: २ साउन २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast