वैद्य र बास्तोलाको एकीकृत पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’

हिमाल प्रेस १८ वैशाख २०८० ७:२४
8
SHARES
वैद्य र बास्तोलाको एकीकृत पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’

काठमाडौँ- मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच आज पार्टी एकता घोषणा हुँदैछ।

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दुई कम्युनिस्ट पार्टी बीच एकता घोषणा हुन लागेको हो ।

काठमाडौँको स्काई दरबार ब्याङ्क्वेट बग्गीखानामा हुने पार्टी एकता घोषणा कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने बताइएको छ।

गत शनिबार क्रान्तिकारी माओवादी र नेकपा बहुमतको एकता अधिवेशन सम्पन्न भएको थियो।
एकता अधिवेशनले नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ राख्ने निर्णय गरेको थियो।

अधिवेशनले पार्टीको अध्यक्षमा मोहन वैद्य ‘किरण’ र प्रवक्तामा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई चयन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =