राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

हिमाल प्रेस १ साउन २०८१ १६:०६ | Tuesday, July 16, 2024
राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरूलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई प्रमाणीकरण गरेका छन्।

प्रकाशित: १ साउन २०८१ १६:०६ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast