अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

हिमाल प्रेस ३१ असार २०८१ १०:०५ | Monday, July 15, 2024
अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

काठमाडौँ- कोलम्बियालाई अतिरिक्त समयमा स्तब्ध पार्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। अर्जेन्टिनालाई लगातार दोस्रो पटक उपाधि जिताउन लाउटारो मार्टिनेजले‍ निर्णायक एक गोल गरे।

९७ औं मिनेटमा मैदान प्रवेश गरेका उनले ११२औं मिनेटमा गोल गरे। ६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका करन गुमाएको अर्जेन्टिनाले उपाधि भने जित्न सफल रह्यो ।

१९९४ पश्चात कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो।

प्रकाशित: ३१ असार २०८१ १०:०५ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast