एमालेले टुंग्यायो सबै मन्त्री [मन्त्रालयको जिम्मेवारीसहित]

हिमाल प्रेस ३१ असार २०८१ ९:४१
62
SHARES
एमालेले टुंग्यायो सबै मन्त्री [मन्त्रालयको जिम्मेवारीसहित] फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको लगभग टुंगो लागेको छ। एमाले स्रोतका अनुसार एमालेले पाएका आठ मन्त्रालयमध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन्। केही दिनअघि नै ओलीले पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका थिए।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सूचना तथा सञ्चार, देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन्। दाहाललाई राष्ट्रियसभाबाट ओलीले समेटेका हुन्। शिक्षा मन्त्रालयको जिम्मेवारी विद्या भट्टराईले पाउँदा रक्षा मन्त्रालय मानवीर राई बन्ने भएका छन्। भट्टराई मन्त्री बन्ने चर्चामा थिइन् भने राई आज बिहान मात्रै मन्त्रीको लिष्टमा परेका हुन्। उनी मन्त्रीमा पर्दा योगेश भट्टराईको नाम काटिएको छ। राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन्।

उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन्। ओलीले प्रादेशिकरूपमा मन्त्री विभाजन गरेका हुन्। कोशीबाट मानबीर राई र देवेन्द्र दाहाल पर्दा मधेशबाट जुली महतो र राजकुमार गुप्ता संघीय मामिलामन्त्रीमा  समेटिएका छन्।

गण्डकीबाट पृथ्वीसुब्बा र विद्या भट्टराई पर्दा लुम्बिनीबाट विष्णु पौडेल र बलराम अधिकारी परेका हुन्। कर्णालीबाट एमालेका प्रत्यक्ष निर्वाचित सांसद छैनन्। यता सुदूरपश्चिमबाट दामोदर भण्डारी समेटिएका छन्। यी मध्ये दामोदर र बलराम यसअघिको सरकारमा समेत सहभागी थिए।

प्रकाशित: ३१ असार २०८१ ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =