हात्तीले चार घरमा क्षति पुर्‍यायो

हिमाल प्रेस ३० असार २०८१ १६:२२
16
SHARES
हात्तीले चार घरमा क्षति पुर्‍यायो प्रतिनिधिमूलक तस्बिर।

झापा- झापाको बिर्तामोड नगरपालिका- ७ स्थित डाँडागाउँमा गए राति हात्तीले चारवटा घरमा क्षति पुर्‍याएको छ। राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्‍याएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्‍याउँदा ३ लाख १० हजार रुपैयाँबराबरको क्षति भएको जानकारी दिए। हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनुका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए।

बिर्तामोड- ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्तीले बस्ती पसेर स्थानीयको घरमा क्षति पर्‍याएको विषयमा जानकारी गराइएको बताए। घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

प्रकाशित: ३० असार २०८१ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =