ओली भोलि नै बालुवाटार सर्ने

हिमाल प्रेस ३० असार २०८१ १०:३४ | Sunday, July 14, 2024
ओली भोलि नै बालुवाटार सर्ने

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपतिले ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्। उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न १६६ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरिएको छ।

ओलीको सचिवालयका अनुसार भोली बिहान साढे ११ बजे शपथ ग्रहण गराउने तयारी छ। शपथ ग्रहण लगत्तै बालुवाटार निवास सर्ने तयारी छ। हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै निवास खुमलटार सरिसकेका छन्।

 

प्रकाशित: ३० असार २०८१ १०:३४ | Sunday, July 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast