जोखिम रहेका जिल्ला र क्षेत्रमा रात्रिबस चलाउन रोक लगाउने सरकारको निर्णय

हिमाल प्रेस २८ असार २०८१ १५:५३ | Friday, July 12, 2024
जोखिम रहेका जिल्ला र क्षेत्रमा रात्रिबस चलाउन रोक लगाउने सरकारको निर्णय रवि लामिछाने

काठमाडौँ- सरकारले रात्रिकालीन सवारी दुर्घटना बढेसँगै जोखिम क्षेत्र पहिचान गरी त्यस्ता ठाउँ सवारी सञ्चालनमै रोक लगाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्राकृतिक रुपमा जोखिम रहेका क्षेत्र र जिल्लामा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको बताए। लामिछानेले गृहमन्त्रालयको उक्त निर्णयबारे आजको प्रतिनिधिसभाको बैठकमा जानकारी गराए।

उनले जल तथा मौसम विज्ञान विभागले जोखिम भनेर भनेको क्षेत्रमा यो निर्णय कार्यान्वयन हुने बताए। ‘रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको छ’ उनले सदनलाई जानकारी गराए।

त्यस्तै लामिछानेले थपे, ‘सबैतिर रात्रिकालीन सवारी बन्द गर्ने भन्ने होइन। रेड ट्राभल एड्भाइजरी जारी जिल्ला र क्षेत्रमा तत् तत् बेला सवारी नचलाउने हो।’ पहिरो र डुबानको जोखिम र संभावित क्षेत्रमा संकेत चिह्न पनि तत्काल राख्ने निर्णय गृहमन्त्रालयले गरेको उनले बताए।

प्रकाशित: २८ असार २०८१ १५:५३ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast