प्रचण्डका पक्षमा मतदान गर्न रास्वपाको ह्विप

हिमाल प्रेस २८ असार २०८१ १२:२५ | Friday, July 12, 2024
प्रचण्डका पक्षमा मतदान गर्न रास्वपाको ह्विप रास्वपा संसदीय दलको सिंहदरबारमा शुक्रबार बसेको बैठकमा नेताहरू।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसद्‌मा विश्वास रहेको प्रस्ताव पेस गर्ने र रास्वपाले पक्षमा मतदान गर्ने निर्णय गरेको बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

पार्टीका सांसदहरूलाई रास्वपाले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। एमालेले कांग्रेससँग मिलेर नयाँ समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्डले आजै संसद्बाट विश्वासको मत लिँदैछन्।

प्रकाशित: २८ असार २०८१ १२:२५ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast