राप्रपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

हिमाल प्रेस २७ असार २०८१ १६:४९ | Thursday, July 11, 2024
राप्रपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राजेन्द्र लिङ्देन /फाएल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठक ले सो निर्णय गरेको हो।

बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको राप्रपा संसदीय दलका प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले शुक्रबार पाँचौपटक विश्वासको मत लिँदैछन्। नेकपा एमाले, जसपा, नागरिक उन्मुक्तिलगायत पार्टी सरकारबाट बाहिरिएसँगै दाहालले विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित: २७ असार २०८१ १६:४९ | Thursday, July 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast