आन्दोलनतर्फ अघि बढ्यो राप्रपा

हिमाल प्रेस २७ असार २०८१ ८:४७
128
SHARES
आन्दोलनतर्फ अघि बढ्यो राप्रपा

काठमाडौँ- राप्रपाले आगामी आन्दोलनबारे छलफल गरेको छ। बुधबार बसेको राप्रपाको मूल आन्दोलन परिचालक समिति बैठकले आन्दोलनलाई कसरी अघि बढाउने बारे छलफल भएको हो।

बैठकमा आन्दोलनलाई शक्तिशाली बनाउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिइएको थियो। पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले राप्रपा आन्दोलन गर्न जन्मिएको पार्टी भएकोले आन्दोलनको विकल्प नभएको बताए।

यसैगरी निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द लोहनीले अरू दल असफल भइसकेको अवस्थामा राप्रपालाई आन्दोलनबाटै स्थापित गराउनुपर्ने बताए।
परिचालन समितिले देशका सबै वडाबाट बीस हजार यूवा दस्ता खडा गरेर निर्णायक आन्दोनल गर्ने, प्रत्येक हप्ता मठमन्दिर सफा गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ। यद्यपि, आन्दोलनको मिति तोकिएको छैन।

संगठन विभाग र आन्दोलन परिचालन समितिको अध्यक्ष धवलशमशेर राणाले यसअघि नै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको मूल आन्दोलन परिचालक समितिले सोही कार्यक्रम अनुमोदन गरेको थियो। बैठकमा काठमाडौँ केन्द्रित नेतालाई बोलाइएको थियो।

संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रसहित ४० बुँदे माग राखेर राप्रपा आन्दोलन गर्दैछ। देशभरिबाट २० हजार युवा दस्ता तयारी राख्ने कार्ययोजना अघि सारेको छ।

वर्षा यामपछि हुने निर्णायक आन्दोलनका लागि देशभरिका ६,७४३ वडाबाट प्रतिवडा कम्तीमा तीन जना जुझारु युवा राप्रपाले छनौट गर्नेछ । चुनिएका युवाहरूलाई राप्रपामा आबद्ध पूर्वसुरक्षाकर्मीहरुले विशेष प्रशिक्षण दिनेछन् ।

 

 

प्रकाशित: २७ असार २०८१ ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =