भित्रियो सवा १३ खर्ब रेमिट्यान्स

हिमाल प्रेस २६ असार २०८१ २०:५० | Wednesday, July 10, 2024
भित्रियो सवा १३ खर्ब रेमिट्यान्स

काठमाडौँ- नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) सवा १३ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा छ।

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा कुल १३ खर्ब २७ अर्ब ५० करोड ८० लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको हाे। यो गत आवको सोही अवधिको तुलनामा १९.३ प्रतिशत बढेकाे छ।

गत आवको सोही अवधिमा भने ११ खर्ब ६ अर्ब ४५ करोड ६५ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख माथि छ। जेठ मसान्तसम्म कुल ४ लाख २२ हजार ९३६ जनाले श्रम स्वीकृति लिएका छन्।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको छ।

प्रकाशित: २६ असार २०८१ २०:५० | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast