अर्जेन्टिना कोपा अमेरिका २०२४को फाइनलमा

हिमाल प्रेस २६ असार २०८१ ७:५८ | Wednesday, July 10, 2024
अर्जेन्टिना कोपा अमेरिका २०२४को फाइनलमा

काठमाडौँ- साविक विजेता अर्जेन्टिना कोपा अमेरिका-२०२४ को फाइनलमा प्रवेश गरेको छ।

न्यू जर्सीमा बुधबार बिहान भएको पहिलो सेमिफाइनलका क्यानडा माथि २-० को जित हात पार्दै अर्जेन्टिनाले उपाधि रक्षा यात्रा कायम राखेको हो।
अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे।

जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। रोड्रीगो डे पलको सुन्दर थ्रु–पासमा गोल गर्दै उनले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। अर्जेन्टिनाले दोस्रो गोलका लागि ५१औं मिनेटसम्म कुर्नु पर्‍यो। एन्जो फर्नान्डेजको प्रहार गोललाइन नजिकबाट लियोनेल मेस्सीले पोस्टतर्फ नै प्रहार गर्दै प्रतियोगितामा आफ्नो पहिलो गोल गरेका थिए।

अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वे बीचको दोस्रो सेमिफाइनलको विजेता विरुद्ध खेल्नेछ। दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ।

प्रकाशित: २६ असार २०८१ ७:५८ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast