चट्याङ लागेर बिहारमा १२ जनाको मृत्यु

हिमाल प्रेस २४ असार २०८१ १८:१८
46
SHARES
चट्याङ लागेर बिहारमा १२ जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

नयाँ दिल्ली (रासस/सिन्ह्वा)- भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्।पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ।

‘विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीनरतीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एकरएक जनाको मृत्यु भएको छ,’ मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि बसिरहेका मानिसहरूलाई चट्याङ लागेको बताइएको छ। हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ।

प्रकाशित: २४ असार २०८१ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =