अवरुद्ध नगरकोट-कात्तिके भञ्ज्याङ-साँखु सडक खोल्यो सशस्त्रले

हिमाल प्रेस २४ असार २०८१ १६:५५
28
SHARES
अवरुद्ध नगरकोट-कात्तिके भञ्ज्याङ-साँखु सडक खोल्यो सशस्त्रले

काठमाडौँ- भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरोले अवरुद्ध सडक सशस्त्र प्रहरीले पुनःसञ्चालनमा ल्याएको छ। सशस्त्रले पहिरो हटाएपछि सडक फेरि सञ्चालनमा आएको हो।

नगरकोटबाट कात्तिके भञ्ज्याङ हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षतिग्रस्त भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले डोजरको सहायतामा सडकको पहिरो पन्छाएको हो।

प्रकाशित: २४ असार २०८१ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =