घट्यो सुनको मूल्य

हिमाल प्रेस २४ असार २०८१ १२:०१
56
SHARES
घट्यो सुनको मूल्य

काठमाडौँ- आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ।

आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ। महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको  जनाएको छ। आइतबार  रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो।  रासस

प्रकाशित: २४ असार २०८१ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =