लडाकु शिविर घोटलाको छानबिन गर्न गृहमन्त्रीलाई राप्रपाको चुनौती

हिमाल प्रेस २३ असार २०८१ १५:२३
22
SHARES
लडाकु शिविर  घोटलाको छानबिन गर्न गृहमन्त्रीलाई राप्रपाको चुनौती राप्रपा सांसद ज्ञानेन्द्र शाही। फाइल तस्बिर

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लडाकु शिविर घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जीबी राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे । अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले योबीचमा भ्रष्टाचारका फाइलहरू खोलेमा आफूहरूको साथ र समर्थन रहने बताए ।

उनले सुकुम्बासीहरूलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृहमन्त्रीलाई पटक–पटक आग्रह गरे पनि प्रहरी नपठाएको उल्लेख गरे । उनले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताए ।

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने उल्लेख गरे ।

प्रकाशित: २३ असार २०८१ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =