ओलीलाई खोला छेउमा बस्नेहरूको जीवनसँग खेलवाड नगर्न ‌बालेनको सुझाव

हिमाल प्रेस २२ असार २०८१ २०:५९
128
SHARES
ओलीलाई खोला छेउमा बस्नेहरूको जीवनसँग खेलवाड नगर्न ‌बालेनको सुझाव

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँको खोला छेउका बासिन्दालाई झापाको गिरीबन्धु टी स्टेटको जग्गामा व्यवस्थापन गर्न सुझाव दिएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन्।

उनले भनेका छन्, ‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन्। तपाईँले पचाउँन खोज्नुभएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ। अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुईतिहाई बहुमतसहित। अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु।’

शाहले खोला छेउमा बस्नेहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो भनेर ओलीसँग जिज्ञासा राखेका छन्। उनले भनेका छन्, ‘उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नुभयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनुभएको छ?’

प्रकाशित: २२ असार २०८१ २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =