काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ। उनीहरूबीच केही बेरअघिदेखि कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आइतबारको भेटमा राजदूत नियुक्ति, सरकारको कामलाई कसरी प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।
प्रकाशित: १७ असार २०८१ ९:४१
प्रतिक्रिया