बेलायतमा नेपाली फिल्म अवार्ड, जुरी संयोजकमा सुनिल थापा

हिमाल प्रेस १५ असार २०८१ १२:१६ | Saturday, June 29, 2024
बेलायतमा नेपाली फिल्म अवार्ड, जुरी संयोजकमा सुनिल थापा

काठमाडौँ- बेलायतको राजधानी लण्डनमा ‘यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ हुने भएको छ।

आगामी भदौ १५ गते अर्थात् अगष्ट ३१ म यति नेपाली एसोसिएसन, यूकेको आयोजना तथा संगिक्षा फिल्म्स इन्टरटेन्मेन्टको व्यवस्थापनमा अवार्ड हुन लागेको हो।

सन् २०२३, अप्रिल १४ देखि २०२४ को जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरूमध्ये उत्कृष्ट तीन छनोट गरिने आयोजक संस्थाले जनाएको छ।

अवार्डको जुरी संयोजकमा अभिनेता सुनिल थापा छन् भने सदस्यहरुमा अभिनेत्री गौरी मल्ल तथा निर्देशक उज्ज्वल घिमिरे छन्।

नेपाली फिल्मको श्रीवृद्धि तथा अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यले लण्डनमा अवार्ड गर्न लागिएको जनाइएको छ।

 

प्रकाशित: १५ असार २०८१ १२:१६ | Saturday, June 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast