एक हजारले बढ्यो सुनको भाउ

हिमाल प्रेस १४ असार २०८१ ११:०७ | Friday, June 28, 2024
एक हजारले बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ बढेको छ। अघिल्लो दिन प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि बढेको छ।

प्रकाशित: १४ असार २०८१ ११:०७ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast