सहकारी छानबिन समितिले युवराज खतिवडा र राधाकृष्ण मैनालीलाई किन बोलाउँदैछ?

हिमाल प्रेस १४ असार २०८१ ९:२९
16
SHARES
सहकारी छानबिन समितिले युवराज खतिवडा र राधाकृष्ण मैनालीलाई किन बोलाउँदैछ? सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन विशेष समितिको बैठक। फाइल तस्बिर

काठमाडौँ- सहकारी छानबिन विशेष समितिको बैठक आइतबार ११ बजे बोलाइएको छ। आइतबारको बैठकमा डा. युवराज खतिवडा, राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ।

यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभाग लगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ ।

यसअघि बुधबारको बैठकबाट समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताए। बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको थियो।

 

प्रकाशित: १४ असार २०८१ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast