राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ : एनपी साउद

हिमाल प्रेस १३ असार २०८१ १४:३३ | Thursday, June 27, 2024
राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ : एनपी साउद एनपी साउद। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व र भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए। उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए।

सांसद साउदले सत्ता गठबन्धनका बीचमा भागवण्डा गरेर राजदूत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए। उनले नेपालको कूटनीतिक क्षमता र विश्वसनीयतासँग नखेल्न सरकारलाई आग्रह पनि गरे।

सांसद साउदले बीआरआई परियोजना कार्यान्वयनका सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रूपमा भन्नुपर्ने बताए।

प्रकाशित: १३ असार २०८१ १४:३३ | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast