घट्यो सुनको भाउ

हिमाल प्रेस १२ असार २०८१ ११:१४ | Wednesday, June 26, 2024
घट्यो सुनको भाउ

लमजुङ- नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १२ असार २०८१ ११:१४ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast