स्पेन र इटाली युरो २०२४ को अन्तिम १६ मा

हिमाल प्रेस ११ असार २०८१ ७:३६ | Tuesday, June 25, 2024
स्पेन र इटाली युरो २०२४ को अन्तिम १६ मा

काठमाडौँ- स्पेन र इटाली युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेका छन्।

सोमबार राति भएको खेलमा स्पेनले अल्बानियालाई हराउँदा इटाली र क्रोएसियाले १–१ को बराबरी खेलेका हुन्। यी खेलसँगै अन्तिम १६ को समिकरण तय भएको थियो।

समूह ‘बी’ मा स्पेन लगातार तीन खेलमा जित निकाल्न सफल भयो। दोस्रो स्थानको इटालीको चार अंक रह्यो। दुई अंकको क्रोएसिया र एक अंकको अल्बानिया भने बाहिरिएका छन्।

स्पेनले १३औं मिनेटमा गोल गरेको थियो। डानी ओल्मोको पासमा युवा खेलाडी फेरान टोरेसले गोल गरेका थिए। यही अग्रतालाई जोगाउँदै स्पेन लगातार तीन जित निकाल्न सफल भयो।

अर्को खेलमा इटालीले एक गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भयो। रेडबुल एरिनामा ३८ हजा समर्थकमाझ कप्तान लुका मोड्रिकले अग्रता बनाउँदै अन्तिम १६ को सम्भावना जिवित पारेका थिए। तर, इन्जुरी समयमा इटालीले गोल गर्यो। इन्जुरी समयको दशौं मिनेटमा माटिया जेकाग्नीले गोल गर्दै अन्तिम १६ पक्का गरे।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

प्रकाशित: ११ असार २०८१ ७:३६ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast