कांग्रेसको प्रश्न : गृहमन्त्रीले जीबी राईलाई भगाउन खोजेको हो?

हिमाल प्रेस ९ असार २०८१ १२:३८ | Sunday, June 23, 2024
कांग्रेसको प्रश्न : गृहमन्त्रीले जीबी राईलाई भगाउन खोजेको हो? विश्वप्रकाश शर्मा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले नै सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई भगाउन खोजेको आरोप लगाएको छ।

आज संसद्‍को प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जीबी राईको लोकेसन पत्ता लाग्यो भन्नु भगाउन खोज्नु हो भनेका छन्।

उनले गृहमन्त्रीले जीबीलाई पक्राउ गर्न सुपुर्दगी सन्धि चाहिन्छ भन्नु पक्राउन नगर्ने नियत भएको बताएका छन्। ‘गोरखा मिडिया नेटवर्कका दुई सन्चालकमध्ये एकजना फरार छन्। अर्काजना गृहमन्त्री छन्।’

शर्माले भने, ‘यसमा नियत छ। सुपुर्दगी सन्धिबिना नै अभियुक्त पक्राउ गर्न सकिन्छ।’ उनले श्रम सम्झौता बिना नै धेरै देशमा नेपाली नागरिक रोजगारमा रहेको समेत जानकारी दिए।

सहकारी ठगीमा प्रश्न उठेपछि पनि गृहमन्त्रीले राजीनामा नदिएकोमा शर्माले घुमाउरो तवरले व्यंग्य दिए। उनले छानबिन समिति बनेपछि पहिलेका मन्त्रीहरूले राजीनामा दिएको नजिर समेत बताए।

प्रकाशित: ९ असार २०८१ १२:३८ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast