काठमाडौँ- सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार एकैदिन दुई हजार ७०० रुपैयाँ घटेको छ।
आज सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: ९ असार २०८१ ११:०७ | Sunday, June 23, 2024
प्रतिक्रिया




