प्रचण्डले भने : थोरै संख्या भनेर चिन्ता नगर्नुस्,माओवादीसँग जादुवाला नम्बर छ 

हिमाल प्रेस ८ असार २०८१ १८:४५ | Saturday, June 22, 2024
प्रचण्डले भने : थोरै संख्या भनेर चिन्ता नगर्नुस्,माओवादीसँग जादुवाला नम्बर छ 

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा माओवादीसँग जादुवाला नम्बर रहेको र त्यो जादुले अनेक गरेर मिलाइहाल्ने दाबी गरेका छन्।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले संसद्मा माओवादी केन्द्रको थोरै संख्या छ भनेर चिन्ता नगर्न र दुविधा नलिन अनुरोध गरे।

उनले भने,‘सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदैछ रे भनेर दुविधा उत्पन्न गराउने कोसिस भएको देख्छु तर हामीलाई हटाउन सजिलो छैन, संसद्मा हाम्रो जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ।’

माओवादी केन्द्रले नयाँ विचारका लागि महाधिवेशनतर्फ जाने तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले केन्द्रीय समितिको आगामी बैठकबाट महाधिवेशनको मिति तोकिने बताए।

‘महाधिवेशनमा नयाँ विचार संश्लेषण गर्छौँ,नयाँ अभियान र विचारसहित पार्टीलाई अघि बढाउँछौँ। गणतन्त्रलाई सुदृढ गरी मुलुकलाई सुशासन र समृद्धिको नयाँ युगतिर लैजान महाधिवेशनले थप दिशानिर्देश गर्नेछ’,उनले भने।

उनले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अंकगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताए।

प्रकाशित: ८ असार २०८१ १८:४५ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast