एमालेको सबै तह मिसन ०८४ मा केन्द्रित छ : भगवती चौधरी

हिमाल प्रेस ८ असार २०८१ १२:५९ | Saturday, June 22, 2024
एमालेको सबै तह मिसन ०८४ मा केन्द्रित छ : भगवती चौधरी

इटहरी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताएकी छन्।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन्।

सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उनले भनिन्, ‘राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो। पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो। अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ।’

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरिन्। उनले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताइन्।

प्रकाशित: ८ असार २०८१ १२:५९ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast