गोर्खा ब्रुअरीलाई दुई लाख जरिबाना

हिमाल प्रेस ७ असार २०८१ १८:०४ | Friday, June 21, 2024
गोर्खा ब्रुअरीलाई दुई लाख जरिबाना

काठमाडौँ- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गोर्खा ब्रुअरी प्रालिसँग दुई लाख जरिबाना माग गरेको छ। इजाजत प्राप्त नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानुनी रूपमा काममा लगाएको पाइएपछि उक्त रकम जरिबाना गरिएको विभागका निर्देशक मणिनाथ गोपले जानकारी दिएका छन्।

विभागले इजाजतप्राप्त नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानुनी रूपमा काम लगाएको सम्बन्धमा ब्रुअरीसँग स्पष्टीकरण सोधेको थियो। त्यसको जबाफ पनि नदिएका कारण श्रम ऐन २०७४ को दफा १६३ (१) क बमोजिम कारबाही गरिएको गोपले बताए। विभागले १५ दिनभित्र जरिबाना दाखिला गरी विभागमा पेस गर्न निर्देशन दिएको छ।

प्रकाशित: ७ असार २०८१ १८:०४ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast