११ महिनामा १४ खर्ब ५३ अर्ब भन्दा बढीको आयात

हिमाल प्रेस ७ असार २०८१ १४:५६ | Friday, June 21, 2024
११ महिनामा १४ खर्ब ५३ अर्ब भन्दा बढीको आयात

काठमाडौँ- भन्सार विभागले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको आयात गरेको छ। गत आवको साउनदेखि जेठसम्ममा कुल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा छ।

चालु आवको सोही अवधिमा भने १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँमा सिमित भएको विभागले जनाएको छ। यो गत आवको सोही अवधिको तुलनामा भने १.८४ प्रतिशत घटेको हो। आयातसँगै निर्यातमा पनि घट्दो नै देखिएको छ । समिक्षा अवधिमा निर्यात ३.०१ प्रतिशत घटेको छ।

११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ पुगेको छ। तर, आयातको तुलनामा निर्यात न्युन रहेकाले वैदेशिक व्यापारमा नेपालले ठुलो घाटा व्यहोर्दै आएको छ। विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ पुगेको छ। यद्यपि, यो गत आवको तुलनामा भने १.७२ प्रतिशत घटेको विभागको तथ्यांकमा छ।

११ महिनामा कुल ३ खर्ब ८४ अर्ब ४७ करोड ७९ लाख २९ हजार रुपैयाँ राजश्व संकलन भएको छ। यो गत आवको जेठसम्मको तुलनामा ४० लाख ४४ करोड ५१ लाख रुपैयाँ बढी भएको विभागले जनाएको छ। भने गत आवको सोही अवधिमा भने कुल आयातबाट सरकारले ३ खर्ब ४४ अर्ब ३ करोड २७ लाख ४७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ

प्रकाशित: ७ असार २०८१ १४:५६ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast