टीकापुर घटनाका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस ६ असार २०८१ १३:४५ | Thursday, June 20, 2024
टीकापुर घटनाका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेको प्रश्नहरूको जबाफ दिँदै प्रधानमन्त्रीले टीकापुरमा जनधनको अपुरणीय क्षति भएको बताएका हुन्।

‘टीकापुर घटना एउटा दु:खद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ।’

कैदमाफी मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने उनले पष्ट पारे।

थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

प्रकाशित: ६ असार २०८१ १३:४५ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast