सांसद सूर्य थापाले महिला भेदी उखान भनेपछि …

हिमाल प्रेस ६ असार २०८१ १२:४७ | Thursday, June 20, 2024
सांसद सूर्य थापाले महिला भेदी उखान भनेपछि …

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्य थापाले महिला विभेदपूर्ण उखान संसद्मा प्रयोग गरेका छन्।  थापाले भालुवाङ प्युठान मोटरबाटोका सम्बन्धमा सरकारको ध्यान नपुगेको भन्न प्रयोग गरेको उखानमा कांग्रेसकी सांसद सुशीला थिङले नियमापत्ति जनाएकी थिइन्।

यो बाटोका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा उचित रकम नदिइएको र वर्षायाममा गर्नुपर्ने पूर्वतयारी लगायतका काम नभएको भन्दै सरकारको आलोचना गरेका थिए । उनले बाटाेको सन्दर्भमा ‘जब भयो राति,..’ भन्ने उखान प्रयोग गरेका थिए।

समस्या आएपछि समाधान गर्नेभन्दा पूर्वतयारी गर्नुपर्ने भन्नका लागि उनले एउटा उखान प्रयोग गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले असंसदीय शब्द र लैंगिक भेद देखिने शब्द आएको उल्लेख गर्दै त्यसलाई हटाएको जानकारी गराए।

प्रकाशित: ६ असार २०८१ १२:४७ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast