आन्दोलनरत कर्मचारीको माग पूरा गर्न सभामुख परामर्शमा

हिमाल प्रेस ६ असार २०८१ ८:४०
आन्दोलनरत कर्मचारीको माग पूरा गर्न सभामुख परामर्शमा

काठमाडौँ- संसद् सचिवालयका कर्मचारीको आन्दोलन उनीहरूको मागबारे सभामुख निवासमा छलफल भएको छ ।

सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल भएको हो।

कर्मचारी आन्दोलनबारे यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका थिए।

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएका छन्।

 

प्रकाशित: ६ असार २०८१ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =