प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जबाफ प्रधानमन्त्रीले दिने

हिमाल प्रेस ६ असार २०८१ ७:२६ | Thursday, June 20, 2024
प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जबाफ प्रधानमन्त्रीले दिने

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

बिहान ११ बजे बस्ने बैठकमा संसद्हरूले राखेको प्रश्नको जबाफ प्रधानमन्त्रीले दिने संसद् सचिवालयको कार्यसूचीमा छ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जबाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ६ असार २०८१ ७:२६ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast