जसपा कार्यालयबाट कागजात र फर्निचर लगेको भन्दै आङ्काजी शेर्पाविरुद्ध उजुरी

हिमाल प्रेस ५ असार २०८१ २१:२२ | Wednesday, June 19, 2024
जसपा कार्यालयबाट कागजात र फर्निचर लगेको भन्दै आङ्काजी शेर्पाविरुद्ध उजुरी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास विशेष प्रदेश समितिले आङ्काजी शेर्पाविरुद्ध उजुरी दिएको छ।

प्रवास विशेष समिति र ललितपुर जिल्ला कार्यालय रहेको बालकुमारीस्थित कार्यालयबाट कार्यालयसँग सम्बन्धित कागजात र फर्निचर लगेको आरोपमा शेर्पा र उनका समूहविरुद्ध ललितपुर प्रहरीमा उजुरी दिइएको हो।

शेर्पाविरुद्ध कारबाहीको माग गरी प्रवास विशेष प्रदेशका संयोजक डा. कृष्णकुमार राई र जसपा नेपाल ललितपुर जिल्ला अध्यक्ष कर्म महर्जनले बुधबार प्रहरीसमक्ष उजुरी दिएका हुन्।

महाधिवेशनको बेला पार्टीको सम्पत्ति गायब पारेको भन्दै खोजतलासका लागि प्रहरीलाई गुहारिएको जसपा नेपालका नेता पूर्ण बस्नेतले जानकारी दिए।

प्रकाशित: ५ असार २०८१ २१:२२ | Wednesday, June 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast