काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा अपराह्न ३ बजे बस्ने बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ।
प्रकाशित: ५ असार २०८१ १५:५१
प्रतिक्रिया