महानगरको योजनाविरुद्ध उत्रिए न्युरोडका स्थानीय

हिमाल प्रेस ५ असार २०८१ १३:३४ | Wednesday, June 19, 2024
महानगरको योजनाविरुद्ध उत्रिए न्युरोडका स्थानीय

काठमाडौँ– काठमाडौंको न्युरोड क्षेत्रलाई काठमाडौं महानगरले सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन्। न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै स्थानीयहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने प्रस्ताव गरेको छ।

स्थानीय वासिन्दा मदनकुमार कार्कीले महानगरले गरेको प्रस्ताव व्यावहारिक नभएको र स्थानीयको भावना विरोधी रहेको बताए। स्थानीय बासिन्दाको सम्पत्ति छाडेर नेपालको पहिलो पिच गरिएको बाटो निर्माण गरिएको भन्दै उनले यसलाई मास्न नहुने धारणा राखे।

स्थानीय शैलेशरत्न शाक्यले स्थानीयको आवाजलाई दबाएर महानगरले जवरजस्त कुनै काम गर्न नपाउने बताए। ऐतिहासिक स्थानलाई नो भेलिकल जोन बनाउने कुराको विरोध हुनु स्वाभाविक रहेको दाबी उनको छ।

अर्का स्थानीय कोमल तुलाधरले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय बिरामीका साथै समस्या हुदा असर पर्ने बताए। भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौँ, न्यरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो, सेभ न्युरोडलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

प्रकाशित: ५ असार २०८१ १३:३४ | Wednesday, June 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast