मौन अवधिमा आचारसंहिता उल्लंघन गर्ने ६ सञ्चार माध्यमले गरे भुलसुधार

हिमाल प्रेस २ मंसिर २०७९ ५:०५
मौन अवधिमा आचारसंहिता उल्लंघन गर्ने ६ सञ्चार माध्यमले गरे भुलसुधार

काठमाडौँ- आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा ३० सञ्चार माध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ। स्थिर अवधि ‘मौन अवधि’ सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपराह्नसम्म आचारसंहिता उल्लंघन गरेकामध्ये ६ सञ्चार माध्यमले भुलसुधारसमेत गरेका छन्।

प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ९ वटा पत्रपत्रिका, १५ वटा अनलाइन सञ्चार माध्यमलगायतबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो।

काउन्सिलले आचारसंहिता उल्लंघन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ। यस्तै रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भुल सुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न/नगराउन भनेको छ।

अनलाइन सञ्चार माध्यमको हकमा तत्काल हटाइ काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत  एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

काउन्सिलको निर्देशनपश्चात् ६ वटा सञ्चार माध्यमले क्षमायाचनासहित सामग्री हटाइ आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मतदान सम्पन्न हुन अझै ४८ घण्टा बाँकी रहेको भन्दै काउन्सिलले राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री सम्प्रेषण नगर्न/नगराउन एवं आचारसंहिता पालनामा अझ संवेदनशील हुन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेको छ।

प्रकाशित: २ मंसिर २०७९ ५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast