काठमाडौँ- सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो।
असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिएको जानकारीसहित गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरेका छन्।
प्रकाशित: ३२ जेठ २०८१ १६:३९
प्रतिक्रिया